काठमाडौँ — भाटभटेनी सुपर स्टोर्सले आफ्ना ग्राहकहरूलाई २२ करोड रुपैयाँभन्दा बढीको गिफ्ट भौचर उपहारको घोषणा गरेको जनाएको छ ।
भाटभटेनीले यस वर्षका लागि उक्त गिफ्ट भौचरको घोषणा गरेको हो । उक्त गिफ्ट भौचर पाउने ग्राहकले भाटभटेनीका देशभर रहेका २७ वटा स्टोरमा प्रयोग गरी सामान खरिद गर्न सक्ने जानकारी दिइएको छ ।
‘यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्त गर्ने मध्येका एक लाख नौ हजार ग्राहकहरूले प्राप्त गर्नेछन्,’ भाटभटेनीद्वारा प्रमुख कार्यकारी अधिकृत पानु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेका छन् ।’ गिफ्ट भौचर २०८१ माघ ६ देखि फाुगन ९ गतेसम्म वितरण गरिनेछ ।
