नेसनल लाइफको 'बाल अमृत–४ बिमा लेख’

माघ ३, २०८१

कान्तिपुर संवाददाता

National Life's 'Bal Amrit-4 Insurance Article'

काठमाडौँ — नेसनल लाइफले ‘बाल अमृत–४ सावधिक बिमा लेख’ ल्याएको छ । उक्त बिमा लेखमा बिमितको प्रवेश उमेर न्यूनतम १ महिना र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको इन्स्योरेन्सले जनाएको छ ।

यस बिमा लेखमा प्रस्तावकका रूपमा बुबा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बिमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतका आधारमा ५० लाख रुपैयाँसम्म लिन सकिने कम्पनीले जनाएको छ ।

यस बिमा लेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुने कम्पनीको भनाइ छ । यस लेखमा बिमा शुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिक रूपमा बुझाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यस बिमा लेख योजनामा अधिकतम बिमा समाप्ति उमेर ७० वर्षको हुनेछ । 

कान्तिपुर

Link copied successfully