यसै सातादेखि 'दिपल एस ०७ एल’ 

माघ ३, २०८१

कान्तिपुर संवाददाता

From this week 'Dipal S 07L'

काठमाडौँ — एमएडब्लू वृद्धिले विद्युतीय एसयूभी दिपल एस ०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभीलाई यसै साता सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

फ्युचरिस्टिक डिजाइन र आधुनिक प्रविधिका कारण लोकप्रिय बनेको दिपल एस ०७ हालसम्म सात सयभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । दिपल एस ०७ एलमा १६० किलोवाटको रियर ह्विलड्राइभ छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ ।

यसले एक पटकको चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिनेछ । यसको टप स्पिड १ सय ८० किलोमिटर प्रतिघण्टा छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा ६.६ सेकेन्डमा पार गर्ने कम्पनीको भनाइ छ ।

यसमा फ्रेमलेस डोर, ठूला २० इन्चका टायर, क्याबिनमा क्वाल्कम स्नेपड्रागान ८१५५ चिप जडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिनलगायत विशेषता हुने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully