काठमाडौँ — केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले ल्याएको ‘स्काईवर्थ सपना साकार’ योजनाका विजेता घोषणा गरेको छ ।
कम्पनीले बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गरी योजनाका विजेता काठमाडौंका रवि अर्याललाई कारको साँचो हस्तान्तरण गरेको छ । विजेता अर्यालले एमजी कमेट ईभी कार हात पारे । कम्पनीले उक्त योजना २०८१ को असोज १ देखि कात्तिक ३० सम्म सञ्चालन गरेको थियो । कम्पनीका अनुसार यस योजनामा देशभरका ग्राहकको सहभागिता थियो ।
