ई-सेवाका १ करोड ३० लाखभन्दा बढी प्रयोगकर्ता

माघ २, २०८१

कान्तिपुर संवाददाता

More than 13 million users of e-services

काठमाडौँ — ई–सेवाले आफ्नो प्रयोगकर्ता १ करोड ३० लाखभन्दा बढी पुगेको जनाएको छ । सोमबार कम्पनीको आर्थिक वर्ष २०८०/८१ को १२औं वार्षिक साधारणसभाले प्रयोगकर्ताको संख्याबारे जानकारी दिएको हो ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको आव २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र नगद लाभांश वितरण गर्नेसम्बन्धमा समेत छलफल गरेको थियो । सभामार्फत कम्पनीले २ लाख ८० हजार एजेन्टहरू रहेको समेत जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully