काठमाडौँ — ग्लोकल आफ्टर स्कुलको आयोजनामा ‘ग्लोकल स्किल विक २०२५’ सम्पन्न भएको छ । मंगलबार सम्पन्न कार्यक्रममा सरकारी कूटनीतिज्ञ, उद्यमीलगायत सय जनाभन्दा बढीको उपस्थिति थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप र रोजगारीलाई जोड्ने तरिका खोज्नुपर्ने बताए ।
एक सातासम्म सञ्चालित ग्लोकल स्किलमा सीपमूलक तालिम, कार्यशाला, केस स्टडी र मनोरञ्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो ।
कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य एवं विज्ञान तथा प्रविधि गरी ४ फरक क्षेत्रका सीप प्रदर्शन गरिएको थियो । कार्यक्रममा यिनै चार विधाका व्यक्तिलाई ग्लोकल स्किल हिरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो ।
