बजारमा रेडमी नोट १४ 

माघ १, २०८१

कान्तिपुर संवाददाता

Redmi Note 14 in the market

काठमाडौँ — साओमीले नेपाली बजारमा रेडमी नोट १४ सिरिज सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक समारोहमा कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

रेडमी नोट १४ सिरिजमा रेडमी नोट १४, रेड्मी नोट १४ फाइभजी, रेड्मी नोट १४ प्रो फाइभजी र रेडमी नोट १४ प्रो प्लस फाइभजी गरी ४ मोडल छन् ।

यी सबै मोडलमा आधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकको अनुभवलाई नयाँपन दिने कम्पनीको विश्वास छ ।

साओमीको मुख्य उद्देश्य स्मार्टफोनको अनुभवलाई बढाउनु रहेको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले बताए । साओमीको उक्त मोडलहरूमा आइकनिक सट्स, टिकाउपन, बोल्ड डिजाइन, २०० मेगापिक्सेलको प्रो–ग्रेड एआई क्यामेरा, १२० वाट हाइपरचार्ज, आईपी ६८ सुरक्षा, ५११० एमएएच ब्याट्री, ४५ वाट टर्बो चार्जिङलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यी मोडलहरूको मूल्य २४ हजार ९ सय ९९ देखि सुरु भई ५४ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले बताएको छ । 

कान्तिपुर

Link copied successfully