काठमाडौँ — मुक्तिनाथ विकास बैंकले ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने जनाएको छ । पोखरामा सोमबार सम्पन्न बैंकको १८ औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सभाले प्रतिसेयर एक सय रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको मुक्तिनाथ अविमोच्य सञ्चित अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको हो । साथै सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ ।
