केएनपीको ‘रंगमा दंग’ योजनाका विजेतालाई उपहार 

माघ १, २०८१

कान्तिपुर संवाददाता

Gift to the winner of KNP's 'Rangama Dang' scheme

काठमाडौँ — केएनपी नेरोलेक पेन्ट्सले सञ्चालन गरेको ‘केएनपी पर्वसँगै रंगमा दंग, ५ लाख बराबरको सुनसँग’ नामक योजनाका विजेतालाई उपहार दिइएको छ ।

कम्पनीले आइतबार योजनाका विजेता घोषणा गरेको हो । योजनाको बम्पर पुरस्कार विजेता जनकपुरका शिवनारायण मण्डलले पाँच लाख रुपैयाँ बराबरको सुन प्राप्त गरे । भरतपुरकी अमृता महतोले ल्यापटप र वीरगन्जका ध्रुवप्रसाद गुप्ताले स्मार्ट टीभी हात पारेको कम्पनीले 

जनाएको छ । चाडपर्वको अवसरमा सञ्चालित उक्त योजनाका सय जना विजेताले स्मार्ट वाच प्राप्त गरेको कम्पनीले बताएको छ । 

कान्तिपुर

Link copied successfully