महालक्ष्मीका ग्राहकलाई ४ प्रतिशत नगद लाभांश 

माघ १, २०८१

कान्तिपुर संवाददाता

4 percent cash dividend to Mahalakshmi customers

काठमाडौँ — महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको २३ औं वार्षिक साधारणसभाले सोमबार आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले २०८१ साल असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा–नोक्सान, हिसाबलगायत पारित गरेको बैंकले जनाएको छ । २०७९/८० मा बैंकको ३७.७५ करोड रुपैयाँ खुद मुनाफा रहेकामा ३३ प्रतिशत नाफा वृद्धि गर्दै २०८०/८१ मा खुद नाफा ५०.०३ करोड रुपैयाँ पुगेको समेत बताइएको छ । 

कान्तिपुर

Link copied successfully