‘अदृश्य मोतीहरू’मा अपांगता भएकाहरूको प्रतिभा

पुस २९, २०८१

कान्तिपुर संवाददाता

The talents of people with disabilities in 'invisible pearls'

काठमाडौँ — समावेशी अक्षर र अनुसन्धान संस्थाले आयोजना गरेको ‘अदृश्य मोतीहरू’ कार्यक्रममा अपांगता भएकाहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् । काठमाडौंको वसुन्धरास्थित साउथ वेस्टर्न कलेजमा आयोजित कार्यक्रममा अपांगता भएका व्यक्तिले आफ्ना प्रतिभा प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा अपांगता भएका व्यक्तिले दैनिक जीवन सहजीकरणका लागि प्रयोग गर्ने सामग्रीसमेत प्रदर्शनी गरियो । कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, राजनीतिकर्मी रञ्जु दर्शनालगायतको उपस्थिति थियो । कार्यक्रममा संस्थाका अध्यक्ष युवराज वाग्लेले अपांगता भएका व्यक्तिका लागि सरकारका तर्फबाट सहयोग प्राप्त नभएको गुनासो गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully