एनसेलको सधैं अनमा अब फ्रि अनलिमिटेड नाइट डेटा

पुस २९, २०८१

कान्तिपुर संवाददाता

Ncell's Always On Now Free Unlimited Night Data

काठमाडौँ — एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकलाई अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । योसँगै अब अतिरिक्त शुल्कबेगर नै ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

पुष २५ बाट शुरु भएको यो योजनाअन्तर्गत सधैँ अनका ३९९ रूपैयाँबाट शुरु हुने बेस्ट र ७९९ रूपैयाँबाट शुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा चलाउन सक्ने विज्ञप्तीमा उल्लेख छ ।  यसको अर्थ, प्याकमा पाइने बन्डल सेवा, सुविधाबाहेक अब ग्राहकहरूले नाइट डेटा पनि पाउँछन् ।

रु ३९९, रु ४९९, रु ५९९ का बेस्ट प्याक र रु ७९९, रु ९९९ र रु १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । '२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ,' कम्पनीले भनेको छ, 'त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।' एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैँ अन योजना सञ्चालनमा ल्याएको थियो । 

कान्तिपुर

Link copied successfully