काठमाडौँ — मेटलाइफ नेपालले ‘सधैं तपाईंको साथ’ कार्यक्रम सुरु गरेको छ । मेटलाइफले आइतबार एक कार्यक्रम आयोजना गरी आफ्ना ग्राहकका लागि उक्त कार्यक्रम सुरु गरेको जनाएको हो ।
कार्यक्रमले मेटलाइफको बिमा योजना र अतिरिक्त सेवाबारे राम्रो जानकारी प्रदान गर्ने विश्वास छ । यसअनुसार मेटलाइफका अभिकर्ताले आफ्ना ग्राहकसँग नियमित सम्पर्कमा रही भेटघाट गर्नेछन् । यस कार्यक्रमले कम्पनीको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास रहेको मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले जनाए ।
