काठमाडौँ — सीजी डिजिटलले एकसाथ पाँच वटा सोरुम विस्तार गरेको छ । कम्पनीले बिर्तामोड, दमक, वीरगन्ज, नवलपरासी र काठमाडौंको विशालनगरमा सोरुम उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।
यी शाखामा ग्राहकले सीजीका रेफ्रिजेरेटर, वासिङ मेसिन, एलईडी टीभी, चिम्नी, ग्यास चुलोलगायत उपकरण खरिद गर्न सक्नेछन् । ग्राहकको सुविधाका लागि निःशुल्क डेलिभरी, जडानलगायत सुविधा दिइने कम्पनीले जनाएको छ ।
