काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले दृष्टिविहीनहरूलाई सहयोग गरेको जनाएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ९० जना दृष्टिविहीनलाई सेतो छडी प्रदान गरेको हो ।
बैंकले सप्तरीमा पूर्ण दृष्टिविहीनहरूको सहभागितामा अपांगता संरक्षण नेपालद्वारा आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा उपस्थित दृष्टिविहीनलाई बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । बैंकको उक्त सहयोगबाट दृष्टिविहीनहरूको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने विश्वास छ ।
