काठमाडौँ — बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ३२ औं वार्षिक साधारणसभाले आइतबार सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको एक करोड कित्ता सेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेस गरी प्रक्रियामा रहेको जानकारी दिइएको छ । कम्पनीको ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्रहरू नियमित रूपमा सञ्चालनमा छन् ।
