काठमाडौँ — नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ‘एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ डीएल अपलोडले हात पारेको छ ।
काठमाडौंमा शुक्रबार अवार्ड विजेता स्टार्टअप कम्पनी डीएलले ४ लाख रुपैयाँसमेत प्राप्त गरेको आयोजकले जनाएको छ । नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव मनाउन उक्त अवार्ड आयोजना गरिएको जनाइएको छ ।
यसैगरी, उपविजेता मेल्ट डाउनले २ लाख र अर्को स्टार्टअप कम्पनी खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्डसँगै १ लाख रुपैयाँ प्राप्त गरेको आयोजकले बताएको छ ।
