‘अदृश्य मोतीहरू’ मा देखाए अपांगता भएकाहरूले आफ्ना प्रतिभा

पुस २८, २०८१

कान्तिपुर संवाददाता

In 'Invisible Pearls' the disabled showed their talents

काठमाडौँ — समावेशी अक्षर र अनुसन्धान संस्थाले आयोजना गरेको ‘अदृश्य मोतीहरू’ कार्यक्रममा अपांगता भएकाहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

शनिबार काठमाडौंस्थित बसुन्धारास्थित साउथ वेस्ट्रन कलेजमा आयोजित उक्त कार्यक्रममा अपांगता भएका व्यक्तिहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । कार्यक्रममा अपांगता भएका व्यक्तिहरूले दैनिक जीवन सहजीकरणका लागि प्रयोग गर्ने सामग्रीहरूसमेत प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, राजनीतिकर्मी रञ्जु दर्शनानालगायतको उपस्थिति थियो । यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष युवराज वाग्लेले अपांगता भएका व्यक्तिहरूका लागि सरकारका तर्फबाट सहयोग प्राप्त नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूले पढ्ने सामग्रीहरू जस्तै ब्रेल लिपिमा लेख्ने स्लेट, क्रिकेट बल, फुटबल, चेसलगायत प्रदर्शनमा रहेको आयोजकले जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully