हेटौंडामा पानी व्यवसायीको भेला हुने

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Gathering of water businessmen in Hetaunda

काठमाडौँ — नेपाल पानी उद्योग वाणिज्य महासंघको साधारण सभा माघ १७ गते हेटौंडामा हुने भएको छ ।

जार तथा बोतलका प्रशोधित पानी उत्पादन गर्ने देशभरिकै पानी व्यवसायीहरूको पुस २६ र २७ गते काठमाडौंमा बसेको भेलाले प्रारम्भिक साधारण सभा हेटौंडामा गर्ने निर्णय गरेको हो ।

भेलाले साधारण सभाको तयारी गर्न विक्रम लिम्बू चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति गठन गरेको छ । समितिका सदस्यहरूमा गोकर्ण सिलवाल, गंगाप्रसाद अगंजा, गोकुल थापा, रवीन्द्रमोहन अधिकारी, लीला भण्डारी, मीना दाहाल, भीमसेन खतिवडा, भरत बुढाथोकी, रूपचन्द्र थापा, रोसा श्रेष्ठ, राष्ट्रमान श्रेष्ठ, कैलाश भट्ट, दीपक श्रेष्ठ, ध्रुव अधिकारी, विक्रम मण्डल, रूपचन्द्र नौलाखा, ध्रुवबहादुर गौतम, अमराज लामा रहेका छन् ।

बैठकले भरत लकाई र देवनारायण चौलागाईं रहेको कानुनी सल्लाहकार समिति समेत गठन गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully