जर्मनीको फ्र्यांकफर्टमा होटल व्यस्थापन गर्दै सोल्टी

पुस २७, २०८१

कान्तिपुर संवाददाता

Solti managing a hotel in Frankfurt, Germany

काठमाडौँ — सोल्टी होटल्स एन्ड रिसोर्टले जर्मनीको फ्र्यांकफर्टमा होटल व्यवस्थापन तथा सञ्चालन गरेको छ । फ्र्यांकफर्टमा ‘सोल्टी वेस्टेन्ड मेसे फ्र्यांकफर्ट’ होटलको व्यवस्थापन तथा सञ्चालन गरिएको सोल्टीले जनाएको छ ।

होटलले सोही शृंखलाको अर्को होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर मेसे फ्र्यांकफर्ट’ सन् २०२५ को मार्चदेखि सुरु गर्नेछ । योसँगै नेपाल बाहिर होटल व्यवस्थापनसम्बन्धी सेवा विस्तारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको सोल्टी होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रियस्तरमा पुग्नलाई सोल्टीको एसोसिएट कम्पनी स्ट्रिम पिक इन्टरनेसनल प्रालि र ट्रिप इन म्यानेजमेन्ट एन्ड सर्भिस र ट्रिप इन रिसेन लिमिटेडबीच सहकार्य गरेको थियो । सोल्टी वेस्टेन्डमा ५० आकर्षक कोठा रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully