अपांगता भएका व्यक्तिको प्रतिभा प्रदर्शन गर्न 'अदृश्य मोतीहरू’ 

पुस २७, २०८१

कान्तिपुर संवाददाता

'Invisible pearls' to showcase talents of people with disabilities

काठमाडौँ — समावेशी अक्षर अनुसन्धान संस्थाले शनिबार ‘अदृश्य मोतीहरू’ आयोजना गर्ने भएको छ । अपांगता भएका व्यक्तिहरूको प्रतिभा झल्किने यस कार्यक्रम बसुन्धारास्थित साउथ वेस्टर्न कलेजमा हुनेछ ।

अपांगता भएका व्यक्तिहरूको प्रतिभा प्रस्तुत गर्न र उनीहरूले दैनिक जीवन सहजीकरणका लागि प्रयोग गर्ने सामग्री प्रदर्शनी गरिने आयोजकले जनाएको छ । कार्यक्रममा दृष्टिविहीन व्यक्तिबाट सञ्चालित ब्यान्डको प्रस्तुतिसमेत रहनेछ ।

त्यति मात्र नभएर उनीहरूले नृत्य, कविता वाचन र मुक्तकको प्रस्तुतिसमेत दिने आयोजकले बताएको छ ।

कान्तिपुर

Link copied successfully