काठमाडौँ — नेपाल बैंक र बुद्ध एयरबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बिहीबार भएको सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी एवं ग्राहकले बुद्ध एयरमा छुट पाउनेछन् ।
एक समारोहबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले हस्ताक्षर गरे । बैंकका कर्मचारी एवं ग्राहकले बुद्ध एयरका हवाई सेवा र कार्गो सेवामा छुट पाउने जनाइएको छ ।
सम्झौतापछि बैंकका ग्राहकले बुद्ध एयरका टिकट शुल्कमा ८ प्रतिशत र कर्मचारीले कार्गो सर्भिसमा ३० प्रतिशत छुट पाउनेछन् ।
