दोलखाको सुर्के विद्यालयलाई एसबीआई बैंकले दियो शैक्षिक सामग्री 

पुस २६, २०८१

कान्तिपुर संवाददाता

SBI Bank gave educational materials to Surke School in Dolakha

काठमाडौँ — नेपाल एसबीआई बैंकले दोलखाको भीमेश्वर नगरपालिका–९ स्थित सुर्के माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका विद्यार्थीको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त शैक्षिक सामग्री वितरण गरेको हो ।

हालै आयोजित एक समारोहबीच बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरे । देशभर बैंकका १ सय शाखा, २२ एक्सटेन्सन काउन्टर र सात प्रदेश कार्यालयसमेत रहेको जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully