काठमाडौँ — केएनपी नेरोल्याक पेन्ट्सले सडक सुरक्षाका सामग्री सहयोग गरेको छ । कम्पनीले काठमाडौंको फर्पिङस्थित ट्राफिक प्रभागलाई सडक सुरक्षाका लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको हो ।
सडक सुरक्षाबारे जनचेतना फैलाउन सहयोग पुग्ने गरी सामग्री दिइएको कम्पनीले जनाएको छ । यसले सडक दुर्घटना कम गर्ने, पैदल यात्रीको सुरक्षा बढाउने र चालकलाई सुरक्षित यात्रामा सहयोग पुर्याउने कम्पनीले बताएको छ ।
