सूचना सुरक्षा र डेटा गोपनीयताका लागि एनसेललाई आईएसओको मान्यता

पुस २६, २०८१

कान्तिपुर संवाददाता

ISO accreditation of Ncell for information security and data privacy

काठमाडौँ — एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयता कायम गरेकामा आईएसओको मान्यता पाएको छ । एनसेलले आईएसओ २७००१ः२०२२ (आईएसएमएस) र २७७०१ः२०१९ (पीआईएमएस) को मान्यता पाएको हो ।

यस मान्यताले डेटा सुरक्षा र गोपनीयतामा एनसेलले ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ । सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको एनसेलको दाबी छ ।

कम्पनीको यस उपलब्धिले हर्षित भएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ग्राहक र साझेदारका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपाय कार्यान्वयन गरेको आईएसओ २७००१ मान्यताले सुनिश्चित गरेको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully