काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बाट मान्यता पाएको जनाएको छ । जीसीएफबाट ‘मध्यम वर्ग’ को मान्यता पाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससँगै बैंकले जलवायु वित्तसम्बन्धी पाँच करोड अमेरिकी डलरदेखि २५ करोड अमेरिकी डलरसम्मको परियोजना सञ्चालन गर्न बाटो खुलेको विज्ञप्तिमा जनाइएको छ । यो मान्यतासँगै कमर्सियल बैंकमध्ये नेपालको पहिलो मान्यता पाउने बैंक बनेको दाबी गरिएको छ ।
जीसीएफ विश्वमा जलवायु परिवर्तनका लागि जलवायु वित्त सहयोग गर्ने विश्वकै दाता निकाय हो । उक्त मान्यताले जलवायु परिवर्तनमा सहकार्य गर्न निजी क्षेत्रलाई समेत अवसर मिलेको सन्देश रहेको बैंकले जनाएको छ ।
