काठमाडौँ — थाइल्यान्डमा विद्युतीय सवारी नेटा ६८४ युनिट बिक्री भएको जनाइएको छ । सन् २०२४ मा विद्युतीय सवारी नेटा उक्त युनिटमा बिक्री भएको बताइएको हो । नेपालमा भने नेटा ब्रान्डको गाडी सीजी मोटर्सले बिक्री तथा वितरण गर्दै आएको छ ।
विद्युतीय गाडी नेटा भी क्रसमा ४०.७ किलोवाटको ब्याट्री र ५० किलोवाटको मोटर छ । यसले १२० को एनएम टर्क प्रदान गर्ने भएकाले राम्रो सवारी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यो गाडी २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुग्ने र ८ वर्षको वारेन्टी रहेको कम्पनीको भनाइ छ ।
यसले एक पटकको चार्जमा ५ सय किलोमिटर यात्रा गर्नेछ । १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले अप्ठ्यारो सडकमा पनि आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
