काठमाडौँ — महालक्ष्मी विकास बैंकले झापाको अटिजम सिकाइ केन्द्रलाई प्राविधिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर र प्रिन्टरलगायत सामग्री सहयोग गरेको हो ।
अटिजम भएका विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । यसले केन्द्रमा भएका २४ जना अटिजम विद्यार्थी लाभान्वित हुने बैंकको विश्वास छ ।
