अन्तर्राष्ट्रिय फर्निचर एक्स्पो हुँदै

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Through the International Furniture Expo

काठमाडौँ — दसौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय फर्निचर तथा पाँचौं संस्करणको नेपाल होम टेक्स एन्ड होम डेकोर इन्टरनेसनल एक्स्पो आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाको संयुक्त आयोजनामा एक्स्पो आयोजना हुन लागेको हो । उक्त एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा माघ ४ देखि ६ गतेसम्म आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

एक्स्पोमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्टाइल, हार्डवेयर, काष्ठ, मेसिनरी, औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसँग सम्बन्धित सो एक्स्पो आयोजना हुन लागेको आयोजकले जनाएको छ । 

कान्तिपुर

Link copied successfully