काठमाडौँ — एनआईसी एसिया बैंकले चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको पुस्तकालयको उद्घाटन गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयको पुस्तकालय निर्माणमा सहयोग गरेको हो ।
यस किसिमको सहयोगले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पुस्तकालय निर्माणमा सहयोग गरेको बैंकको भनाइ छ ।
बैंकले देशका विभिन्न सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण कार्य गरिरहेको छ । जसका लागि बैंकले २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको बैंकले जनाएको छ । यसबाट ११ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको भनाइ छ ।
