एनसेलले प्राप्त गर्‍यो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आईएसओ मान्यता

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Ncell has received ISO accreditation for information security and data privacy

काठमाडौँ — एनसेलले डेटा सुरक्षा र गोपनीयताका लागि आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस)को  मान्यता पाएको छ । सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित भएसँगै  ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धता अझै बलियो भएको कम्पनीले जनाएको छ ।  कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजले यी मान्यताहरू प्राप्त गरेका हुन् ।

‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासको परिणाम हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भनेका छन्, ‘यसले एनसेल निरन्तर सुधार र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको स्पष्ट पार्छ ।’

यो प्रमाणपत्रले ग्राहकहरूलाई उनीहरूका व्यक्तिगत र संवेदनशील जानकारीहरू एनसेलले उच्च जवाफदेहीताकासाथ ह्यान्डल गर्ने र डेटाहरु सुरक्षित रहने प्रत्याभुति प्रदान गरेको कम्पनीले जनाएको छ । ‘ग्राहक र साझेदारहरूका डेटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आईएसओ २७००१ मान्यताले सुनिश्चित गर्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आईएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ ।’    

कान्तिपुर

Link copied successfully