काठमाडौँ — मुक्तिनाथ विकास बैंकले ‘एनिवर्सरी बोनान्जा’ योजना सार्वजनिक गरेको छ ।
बैंकले १९औं वर्ष प्रवेश गरेको अवसरमा मंगलबार ल्याएको योजनाअनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट दुई जना ग्राहकलाई मोबाइल फोन प्रदान गरिनेछ ।
यसैगरी सय रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ ग्राहकले सोही रकम बराबरको टपअप प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना माघ १९ सम्म लागू हुनेछ । योजनाअनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकले एक जनाले १० हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन् ।
बैंकको क्यूआर मर्चेन्ट भई योजना अवधिभर पाँच जना मर्चेन्टले कारोबारको आधारमा दुई सय रुपैयाँ बचत प्राप्त गर्नेछन् ।
