साना किसानको १४ प्रतिशत बोनस सेयर पारित 

पुस २४, २०८१

कान्तिपुर संवाददाता

14 percent bonus share of small farmers passed

काठमाडौँ — साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । संस्थाको २३ औं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । 

संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ । 

आर्थिक वर्ष २०७९/८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आर्थिक वर्ष २०८० ८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५ सय ४६ स्थानीय तहमा जम्मा १ हजार ६ सय ९२ साझेदार संस्था आबद्ध रहेका छन् ।

१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्‍याउन सफल यस संस्थामा दलित १२, जनजाति ३४ र अन्यको ५४ प्रतिशत रहेकोमा महिला सहभागिता ८० प्रतिशत रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully