काठमाडौँ — नेपाल एसबीआई बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिरलाई उक्त रकम सहयोग गरेको हो । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुंगाका लागि खर्च गरिने बैंकको भनाइ छ । एक समारोहबीच बैंकका अध्यक्ष जयती बन्सलले गुठी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शर्मा पहारीलाई हस्तान्तरण गरे ।
