काठमाडौँ — उद्योग संगठन मोरङले आठौं ‘विराट एक्स्पो २०२५’ आयोजना गर्ने जनाएको छ । संगठनले आउँदो माघ ११ देखि २० सम्म विराटनगरको डिग्री क्याम्पस परिसरमा एक्स्पो आयोजना गर्न लागेको हो ।
यसका लागि तयारी तीव्र पारिएको र अन्तिम चरणमा रहेको आयोजकले बताएको छ । एक्स्पोमा २६८ वटा स्टल रहनेछन्, जसमा विराटबजार बीटूबी, स्टार्टअप भिजन कोशी ह्याकाथन, रोजगार कोशी, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिलगायतका स्टल हुने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक्स्पो अवलोकन गर्न सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।
