काठमाडौँ — मैनादेवी फाउन्डेसन (एमडीएफ) र कुमारी जबबीच ‘काठमाडौं ट्र्यास कलेक्सन रेस २०२५’ का लागि मुख्य प्रायोजकका रूपमा सहकार्य भएको छ ।
पुस २७ गते आयोजना हुने ट्र्यास कलेक्सन रेसका लागि फाउन्डेसन र जबबीच सोमबार सहकार्य भएको जनाइएको छ । यो रेस काठमाडौंको तीनकुनेबाट सुरु हुनेछ । रेसमा जोडी बनाएर प्रतिस्पर्धा गर्नुपर्नेछ । र, पाँच किलोमिटरसम्म फोहोर संकलन गर्नुपर्नेछ । यस वर्षको ट्र्यास कलेक्सन रेसमा तीन सयभन्दा बढी स्वयम्सेवक परिचालन हुने जनाइएको छ । साथै तीन हजार जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको फाउन्डेसनले बताएको छ ।
