काठमाडौँ — नेपाल एसबीआई बैंकले देशका विभिन्न स्थानमा आफ्ना सात शाखा कार्यालय उद्घाटन गरी सेवा विस्तार गरेको छ ।
बैंकले सोमबार दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारी चोक, उदयपुरको बेल्टार, सुनसरीको दुहबी र तनहुँको दुलेगौंडा शाखा कार्यालय उद्घाटन गरेको हो । शाखा विस्तार गरी ग्राहकलाई सहज बैंकिङ सेवा पुर्याउने लक्ष्यस्वरूप शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
