काठमाडौँ — नेपाल लाइफ क्यापिटलको सञ्चालक समिति अध्यक्षमा कृष्णराज लामिछाने निर्वाचित भएका छन् ।
लामिछोनलाई कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले सर्वसम्मतिले अध्यक्षमा चुनेको हो । पुस १९ मा काठमाडौंमा कम्पनीको ११औं वार्षिक साधारणसभा गरिएको थियो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चुनेको थियो ।
सञ्चालक समिति सदस्यमा संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चुनिएको कम्पनीले जनाएको छ ।
