काठमाडौँ — सामसङ नेपालले बजारमा आफ्ना नयाँ दुई बिस्पोक एआई वासिङ मेसिन ल्याएको छ । सामसङले १२ केजीसम्म क्षमता रहेको एआई वासिङ मेसिन ल्याएको हो ।
उक्त मेसिनमा स्मार्टथिङ्स एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने विशेषताले लुगा धुन सहज बनाउने कम्पनीले जनाएको छ । यसमा इनोभेटिभ डिजाइन, सजिलो इन्टरफेस र ६०० एमएम स्पेससमेत छ ।
सामसङको यो वासिङ मेसिन दुई मोडलमा उपलब्ध रहेको कम्पनीले बताएको छ । एकको मूल्य १ लाख १४ हजार ९९० र अर्को मोडलको मूल्य १ लाख २० हजार ९९० रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।
