काठमाडौँ — सिटी होटल लिमिटेडअन्तर्गत सञ्चालन रहेको ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रूपान्तरण भएको छ । यससँगै यो पहिलो ह्यात सेन्ट्रिक ब्रान्डको होटल भएको कम्पनीले जनाएको छ ।
यस अवसरमा सिटी होटलका कार्यकारी सञ्चालक अक्षय गोल्यानले ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले यात्रुहरूलाई नेपालको राजधानी र काठमाडौंको सारलाई अनुभव गर्न स्वागत गर्ने बताए । ह्यात सेन्ट्रिकमा पाहुनले जीवन्त लबी, सेन्ट्रिक लाउन्ज र उत्कृष्ट खाना तथा पेय पदार्थको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
