काठमाडौँ — जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरले सहकारी र यसका सदस्यले उत्पादन गरेका सामग्री प्रदर्शनी तथा बिक्री मेला आयोजना गरेको छ ।
५ हजार ५ सयले अवलोकन गरेको मेलामा ३० लाख रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । तीन दिन चलेको मेलाका अवसरमा ३ करोड १० लाखको लागतमा निर्मित सहकारी संघको भवन उद्घाटनसमेत गरिएको थियो ।
