इटहरीमा यामाहाको स्किल्स प्रतियोगिता 

पुस २०, २०८१

कान्तिपुर संवाददाता

Yamaha's Skills Competition in Itahari

काठमाडौँ — यामाहा नेपालले इटहरीमा ‘रिजनल सेल्स स्किल्स’ प्रतियोगिता आयोजना गरेको छ । यही पुस १७ मा बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने उद्देश्यस्वरूप उक्त प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ ।

प्रतियोगितामा यामाहाका विभिन्न डिलरसिपबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताको सहभागिता रहेको कम्पनीले बताएको छ । प्रतियोगिताका विजेता भने विराटचोकस्थित बीएन्डबी अटो ट्रेडर्सबाट चूडामणि आचार्य रहेको कम्पनीको भनाइ छ ।

प्रतियोगिताको विजेता तथा सहभागीले अटोबेसिक, प्रोडक्ट, कम्पिटिसन र सेल्स प्रोसस प्रशिक्षण र क्षेत्रीय दक्षता मूल्यांकन पूरा गरेको कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully