नेपाल लाइफको ‘रक्षा कवच म्यादी जीवन बिमा’ 

पुस २०, २०८१

कान्तिपुर संवाददाता

Nepal Life's ”Raksha Kavach Madi Life Insurance”

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ रक्षा कवच जीवन बिमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बिमा शुल्कमा सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीले उक्त जीवन योजना ल्याएको जनाएको छ ।

कम्पनीले पुस १८ मा आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले योजना सार्वजनिक गरे । यो जीवन बिमा मुनाफामा सहभागी नहुने योजना रहेको कम्पनीले जनाएको छ । यसका न्यूनतम बिमांक रकम ५ लाख र अधिकतम बिमांक रकम १ करोड रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।

यस योजनामा सहभागी हुन बिमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । यसैगरी बिमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुने र बिमा समाप्तिमा बिमितको अधिकतम उमेर ६० वर्ष रहेको हुनुपर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully