काठमाडौँ — यती एयरलाइन्सले ‘यती ट्राभल कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गर्दै सो कार्ड ल्याएको हो ।
यस योजनाअन्तर्गत ग्राहकले एकमुष्ट रूपमा २५ हजार रुपैयाँ भुक्तानी गरी उक्त कार्ड लिन सक्नेछन् । सो कार्डमार्फत सदस्यले यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सक्नेछन् । टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने नपाइने एयरलाइन्सले जनाएको छ । यो कार्ड नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको कम्पनीको भनाइ छ ।
