काठमाडौँ — फोटोन नेपालले फोटोनको माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ । कम्पनीले यही पुस १४ मा एक समारोहबीच माउन्टेन ईभी भ्यान सार्वजनिक गरेको हो ।
यस ईभीमा ५३.५८ किलोवाटको ब्याट्री छ, जसले ३ सय किलोमिटरसम्मको यात्रा गर्ने कम्पनीले जनाएको छ । साथै १३० किलोवाटको शक्ति र ३३० एनएमको अधिकतम टर्क प्रदान गर्ने यस ईभीले भिरालो बाटोमा पनि सजिलै यात्रा गर्ने कम्पनीको भनाइ छ । यसमा १४–१६ सिटको कन्फिगरेसन र फराकिलो भित्री भागले दैनिक यात्रालाई सहज यात्रा प्रदान गर्ने कम्पनीको भनाइ छ । फोटोन माउन्टेन ईभीमा अटो होल्ड नियन्त्रण, स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण, दुई ड्राइभिङ मोड र आर१६ टायरलगायत विशेषता कम्पनीले बताएको छ ।
