नेपाल बैंक र सुनैना हस्पिटलबीच छुट सम्झौता

पुस १९, २०८१

कान्तिपुर संवाददाता

Discount agreement between Nepal Bank and Sunaina Hospital

काठमाडौँ — नेपाल बैंक र सुनैना हस्पिटलबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । हालै भएको सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकले छुट पाउनेछन् ।

कर्मचारी तथा ग्राहकले जनकपुरधाम, कदम चौकमा रहेको सो हस्पिटलमा आँखा, कानलगायत उपचार गर्दा १० देखि १५ प्रतिशत छुट पाउन सकिने बैंकले बताएको छ । हस्पिटलको विभिन्न सेवामा लाग्ने कन्सुलेसन शुल्कमा सय प्रतिशत छुट हुने जनाइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully