काठमाडौँ — नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने योजना ल्याएको जनाएको छ ।
कम्पनीले अंग्रेजी नयाँ वर्षका अवसरमा ल्याएको सो योजनाअन्तर्गत निश्चित ब्याजदरमै दिपल ईभी खरिद गर्न सकिने भएको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा बनाइएको उक्त योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहक लाभान्वित हुने कम्पनीको विश्वास छ ।
कम्पनीको यस योजनाअनुसार ग्राहकले निःशुल्क एसेसोरिज, सडक कर, अटो प्लस इन्स्योरेन्स र टप रिकन्डिसन हाउसमार्फत आफ्नो पुरानो गाडीको एक्सचेन्ज भ्यालु पनि पाउन सकिनेछ ।
