सानिमाका ग्राहकलाई बिग मार्टमा क्यास ब्याक अफर

पुस १९, २०८१

कान्तिपुर संवाददाता

Cash back offer at Big Mart to Sanima customers

काठमाडौँ — सानिमा बैंकले आफ्ना ग्राहकका लागि क्यास ब्याक अफर ल्याएको छ । डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ‘बिग एम’ बचतमा विशेष क्यास ब्याकको व्यवस्था गरेको बैंकले जनाएको हो ।

अफरअन्तर्गत बैंकका ग्राहकले बिग मार्टको आउटलेटमा सामान खरिद गरी भुक्तानी गर्दा क्यास ब्याक प्राप्त गर्नेछन् । यसमा ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ ।

यसरी भुक्तानी गर्दा ग्राहकले २ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्ने बैंकले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully