काठमाडौँ — सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ योजनाका विजेता घोषणा गरेको छ ।
सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले विजेता घोषणा गरे । कोरियाबाट रेमिट्यान्स पठाउने निराजन ढकाल विजेता बनेको कम्पनीले जनाएको छ । ढकालले कोरियाबाट ४१ हजार ९०९ रुपैयाँ नेपाल पठाएका थिए ।
उनले त्यसको १८ गुणा गरेर ७ लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले सो योजना गत असोज १ देखि मंसिर ३० सम्म सञ्चालन गरेको थियो ।
