काठमाडौँ — ग्लोबल आईएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा बैंकको फोनपे नेटवर्कमा आबद्ध भएका क्यूआर कोड मर्चेन्टलाई उपहार दिने योजना ल्याएको छ ।
यो योजना माघ १८ सम्म सञ्चालनमा रहेको बैंकले बताएको छ । बैंकले आफ्ना मर्चेन्टलाई क्यासब्याक, स्मार्टफोन र १ लाख रुपैयाँको मुद्दती जित्ने उपहार योजना ल्याएको हो ।
बैंकमा आबद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टले यस योजना अवधिमा १८० रुपैयाँ वा त्यसभन्दा बढी रुपैयाँको भुक्तानी फोन पे क्यूआर कोडमार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक सोही रकम क्यास ब्याकस्वरूप प्राप्त गर्नेछन् ।
हरेक साता एक जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन र एक जनाले तीन महिना समय भएको १ लाख रुपैयाँको मुद्दती खाता योजना जित्नेछन् ।
